8 years ago
October 23, 2016
लन्डन (एजेन्सी)– वेस्ट ब्रुमवीचले अन्तिम समय तिर गोल फर्काएपनि प्रिमियर लिगमा शनिबार लिभरपुलको जितलाई रोक्न सकेन । साडियो माने र फिलिप्पे कान्टिन्होले पहिलो हाफमै गरेको गोलमा योर्गान क्लोपको लिभरपुल २–१ को जित हासिल गर्दै लिगको दोस्रो स्थानमा उक्लेको थियो ।
त्यसअघि आर्सनल र टोटेनह्याम अल अलग खेलमा गोल रहित बराबरीमा रोकिएका थिए । ९ खेलपछि आर्सनल र लिभरपुलको समान २० अंक छ । गोलअन्तरमा आर्सनल शीर्षस्थानमा छ । १ खेल कम खेलेको म्यानचेस्टर (१९) सिटी तेस्रो स्थानमा छ । ९ खेलमा टोननह्यामको पनि १९ अंक नै छ । सिटीले आइतबार साउथह्याम्टनसँग घरेलु मैदानमा प्रतिस्र्धा गर्दैछ ।
आर्सनल र मिडल्स ब्रोले गोलरहित बराबरी खेल्ने अघि टोटेनह्यामले पनि ब्रोनमाउथसँगको खेलमा अंक बाँडेको थियो । टोनह्यामको खेल पनि गोलरहित बराबरीमा रोकिएको थियो ।
अन्य खेलमा साविक विजेता लिचेस्टर सिटी, स्टोक सिटी, बर्नली, वेस्ट ह्याम विजयी भएका थिए । लिचेस्टरले क्रिस्टिल प्यालेसलाई ३–१, स्टोकले हल सिटीलाई २–०, बर्नलीले एभर्टनलाई २–१, वेस्ट ह्यामले सन्डरल्यान्डलाई १–० ले हराएको थियो । स्वान्सी र वार्टफोर्डको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]