default_image

8 years ago

October 22, 2016

हिमालयन शेर्पा विकास रनिङ शिल्डको क्वाटरफाइनलमा

113 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चितवनमा जारी टुबोर्ग १२ औं विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा भएको पहिलो चरणको अन्तिम खेलमा मेयोङको २ गोलको मद्दतमा काठमाडौंको ब्वाइज युनियन क्लबंलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा अन्तिम आठमा पुगेको हो ।
शनिबारको नतिजापछि क्वाटरफाइनल समिकरण पुरा भएको छ । हिमालयन शेर्पाले अब सेमीफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी बाईपाएर सोझै क्वार्टरफाइन पुगेको थियो ।

chitwan

ब्वाइज युनियसँगको खेलमा हिमालयन शर्पाका खेलाडी बलअघि बढाउने प्रयासमा ।

खेलको ११ औँ मिनेटमा विष्णु गुरुङको गोलबाट हिमालयनले अग्रता लिएको थियो । ६९ औं मिनेटमा हिमालयनका मेयोङले गोल थपे । ७२ औं मिनेटमा ब्वाइज युनियनका विजय पौडेलले गोल फर्काउँदै टिमको आशा जगाए । ८५ औं मिनेटमा हिमालयनका मेयोङले अर्को गोल गरेपछि ब्वाइज युनियनको सम्भावना कमजोर भएको थियो । म्यान अफ दी म्याच मेयोङले १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा आइतबारबाट क्वाटरफाइनलका खेल सुरु हुनेछ । पहिलो क्वार्टरफाइनलमा मोरङ फुटबल क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुने प्रचारप्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिए ।

भोलीको क्वार्टरफाइनल
मोरङविरुद्ध सहारा क्लब पोखरा – दिउँसो २ः३० बजे

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

Success

Thank you for your time.