10 years ago
September 10, 2015
पोखरा, २४ भदौ।
शान्तिदीप बोर्डिङ स्कुल, ताराकुञ्ज बोर्डिङ स्कुल, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौर पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा बिहीबार सम्पन्न पहिलो प्रिक्वाटरफाइनल खेलमा शान्तिदीप बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो खेलमा ताराकुञ्ज बोर्डिङ स्कुलले अमरसिंह नमुना उमावि अंग्रेजी विभागलाई टाइब्रेकरमा ४–१ ले पाखा लगायो।निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। तेस्रो खेलमा अमरसिंह नमुना उमावि नेपाली विभागले चिल्ड्रेन्स एकेडेमीलाई ३–० ले हरायो। चौथो खेलमा पोखरा एकेडेमीले रिभरडेल बोर्डिङ स्कुललाई १–० ले निराश पा¥यो।
कास्की मोडनाइज्ड एकेडेमीले हिमालयन बोर्डिङ स्कुललाई ९–१ को फराकिलो अन्तरले परािजत ग¥यो।दोस्रो खेलमा वेलनन एकेडेमीले हेमजा बोर्डिङ स्कुललाई ६–३ ले हरायो। तेस्रो खेलमा धौलागिरि बोर्डिङ स्कुल हेमजाले स्नो भ्यू एकेडेमी हेमजालाई १–० ले निराश पा¥यो। चौथो खेलमा आदर्श बोर्डिङ स्कुलले वेसलाइन एकेडेमीलाई ३–० ले पाखा लगायो।
शुक्रबार कास्की मोडनाइज्ड एकेडेमी र टप्स उमाविबीच पाँचौं, वेलनन एकेडेमी र बेथानी बोर्डिङ स्कुलबीच छैटौं, धौलागिरि बोर्डिङ स्कुल र मेरीगोल्ड बोर्डिङ स्कुलबीच सातौं तथा आदर्श बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुलबीच आठौं प्रिक्वाटरफाइनल खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]