8 years ago
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबारका दुवै खेलमा अवे टोली विजयी भएका छन् । यसरी विजयी हुनेमा ढुकु फुटसल हव र हरिसिद्धि फुटसल छन् ।
समूह एमा ढुकु र किक अफको समान ६ अंक छ । किक अफले २ खेल र ढुकुले त्यो भन्दा एक खेल बढी खेलेको छ । समूह बीमा शंखमुल फुटसल, हरिसिद्धि र कुमारी फुटसलको समान ६ अंक छ ।
ढुकुले भैसीपाटीको रजनी फुटसललाई टोलीकै मैदानमा ८–२ ले हरायो । एकपक्षीय खेलमा ढुकुका कप्तान सुरज राउतले ६ गोल गरे । सविन खड्का र सिद्धान्त बस्नेतले समान १ गोल गरे । रजनीका लागि दुवै गोल रुसन केसीले गरे । दोहोरो ह्याट्रिक गरेका सुरज खेलको म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा हरिसिद्धिले हाइवे फुटसल जोरपाटीलाई २–० ले हरायो । हरिसिद्धिका निरज महर्जन र रैफी महर्जनले गोल गरे । हरिसिद्धिका कप्तान कमल तामाङ म्यान अफ दी म्याच बने ।
एएमए इभेन्टको आयोजनामा १६ टोलीको सहभागितामा होम एन्ड अवेको आधारमा प्रतियोगिताका मंसिर २८ गते सम्म चल्नेछ ।
भोलिको खेल
कुमारी फुटसलविरुद्ध ताहाचल फुटसल
समय – १२ः३० बजे
स्थान – कुमारी फुटसल, पकनाजोल
किकअफ फुटसलविरुद्ध इम्पेरियल फुटसल
समय – ३ः३० बजे
स्थान – किकअफ फुटसल, सीतापाइला
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]