default_image

4 years ago

April 13, 2021

१९ वर्षीय स्यान्सु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा!

258 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट अन्तर्गत नेपालको बाँकी रहेका तीन खेललाई लक्षित गर्दै ३२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषणा भएको टोलीमा ४ नयाँ अनुहार समेटिएका छन् ।

प्रशिक्षक अलमुताइरीले कतारमा रहँदै आएका १९ वर्षीय मिडफिल्डर स्यान्सु भुषाललाई पनि टोलीमा समेटेका छन् । कतारको अल वाक्रा क्लबको यू-२३ टोलीमा खेल्दै आएका स्यान्सुले हालसम्म व्यावसायिक खेल खेलेका छैनन् । प्रशिक्षक अलमुताइरीले कतारस्थित उनको क्लबको प्रशिक्षकसँग छलफलपछि उनलाई टोलीमा समेटेको बताए ।

‘मैले उनीबारे कतारमा उनको प्रशिक्षकसँग छलफल गरें । उनले कतारमा केहि वर्ष खेलेको र टोलीमा पर्न योग्य रहेको जानकारी पाएर नै समेटेको हुँ । कतारमा उनको प्रशिक्षक मेरा साथी पनि हुन् र उनले स्यान्सु राम्रो रहेको जानकारी दिएका छन्,’ प्रशिक्षक अलमुताइरीले भने ।

स्यान्सु आफैं हाल नेपालमा नै छन् । उनी खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फुटबल क्लब चितवनमा प्रशिक्षण गरिरहेका छन् । उनले विगत १ वर्षदेखि अल वाक्राको यू-२३ टोलीमा खेलिरहेका छन् ।

प्रशिक्षक अलमुताइरीले ३२ सदस्यीय टोलीमा एनएसएलपछि केहि खेलाडीको नाम थप्न सकिने जानकारी दिए । ‘मैले अझै केहि खेलाडीको प्रदर्शन हेर्नेछु । एनएसएल पछि योग्य छन् भने १-२ खेलाडीको नाम थपिन सक्छ,’ उनले भने ।

नेपालले छनोटका बाँकी ३ खेल कुवेतमा नै खेल्ने तालिका रहेको छ । प्रशिक्षक अलमुताइरीले कुवेतमा निकै गर्मी हुने कारण कुनैपनि टोलीलाई त्यहाँ सहज नहुने बताए । ‘ कुवेतमा निकै गर्मी छ । जुनसुकै टोलीलाई त्यहाँ खेल्न कठिन हुन्छ । त्यहाँको वातवरण खेलाडीका लागि सहज छैन । म आफैं कुवेतको भएकाले कुनै किसिमको फाइदा हुने देख्दिन,’ उनले प्रष्ट पारे ।

प्रशिक्षक अलमुताइरीले स्यान्सुसँगै मनिष डाँगी, विवेक बस्नेत र गौतम श्रेष्ठलाई पनि राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाएका छन् । यसबाहेक मिडफिल्डर प्रकाश बुढाथोकी र सुमन लामाले पनि सिनियर टोलीमा पुनरागमन गरेका छन् । आर्मीका विकास खवास, सेसेहाङ आङदेम्बे र सन्तोष तामाङ पनि टोलीमा छन् ।

मनिषले यसअघि उमेर समूहको टोलीमा खेल्दै नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनी पछिल्लो समय मोफसलमा रुस्लान थ्री स्टारको जर्सीमा देखिएका थिए । त्यस्तै यसै सिजन आर्मी पुगेका गौतम पनि पहिलो पटक सिनियर टोलीमा परेका हुन् । उनले गत सिजन जावालाखेलबाट खेल्दै राम्रो प्रदर्शन गरेका थिए । उनीसँगै आर्मीबाट प्रभावशाली प्रदर्शन गरेका विवेक बस्नेत पनि टोलीमा परेका छन् ।

विश्वकप छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ सम्म हुनेछ । यसअघि दशरथ रंगशालामा खेल हुने भनिएपनि कोरोना संक्रमणका कारण एएफसीले खेल सारेको थियो । छनोटको ५ खेलमा नेपालले ३ अंक जोडेको छ । नेपालले एकमात्र जितको रुपमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । नेपालले अब जोर्डन, अष्ट्रेलिया र चाइनिज ताइपेइसंग खेल्न बाँकी छ ।

अन्तिम ३२ सदस्यीय टोली :

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर : रञ्‍जित धिमाल, अनन्त तामाङ, रोहित चन्द, निशान खड्का, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास

मिडफिल्डर : त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवी पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुषाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड : दर्शन गुरुङ, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, भरत खवास

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.