8 years ago
October 20, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा शंखमुल फुटसलले जित हासिल गरेको छ भने अर्को खेलमा चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन् ।
शंखमुल फुटसलको होममा सामाजिक फुटसललाई ७–४ गोल हरायो । शंखमुललाई जिताउन शेरबहादुर थापा मगर र म्यान अफ दी म्याच सुरज महर्जनले २-२ गोल गरे भने सञ्जोग राईले एक गोल थपे । एक गोल आत्मघाती भएको थियो । सामाजिकका सन्दिप थापाले २ गोल गरे । सुवास बानियाँ र सन्तोष तामाङले समान १ गोल गरे ।
शंखमुल फुटसलका सुरज महर्जनलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्दै आयोजक एएमए इभेन्टका पदाधिकारी
चउर फुटसल बाँसबारीमा भएको खेलमा चउरले ह्वाइट हर्स फुटसलसंग २–२ को । चउरका रमेश गुरुङ र रोचक गुरुङले गोल गरे । ह्वाइट हर्सका लागि दुवै गोल मनोज प्रजापतिले गरे । मनोज खेलको म्यान अफ दी म्याच बने ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।
भोलिको खेल
रजनी फुटसलविरुद्ध ढुकु फुटसल हब
समय -१२ः३० बजे
स्थान -रजनी फुटसल, भैंसेपाटी ।
हाइवे फुटसलविरुद्ध हरिसिद्धि फुटसल
समय -३ः३० बजे
स्थान – हाइवे फुटसल जोरपाटी
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]