8 years ago
October 20, 2016
हाम्री खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपका लागि प्रशिक्षणरत टोलीमा चोटले संकट आइपरेको छ।
त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रक्षक बिकास तामाङ चोटका कारण खेल्न नसक्ने भएका छन्। तिन हप्तायता प्रशिक्षणमा सहभागी नभएका बिकासले अब प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको हो। आर्मी क्लबलाइ गत सिजन दोश्रो स्थानमा पुर्याउन उनको महत्वपूर्ण भूमिका रहेको थियो।
बिकास विगत केहि महिनादेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा परेपनि अन्तिम छनोटमा भने पर्न सकेका थिएनन। विकाससंगै प्रकाश बुढाथोकी, विशाल राई, भारत खवास, दिनेश राजबंशी, हेमन गुरुङ लगायतका खेलाडी घाइते भएपनि छिट्टै मैदानमा फर्किने बताइएको छ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]