8 years ago
October 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– फरक प्रसंगमा राष्ट्रिय फुटबल टोलीका जर्मनी जोचेन फिगीले तीन दशक पछि नेपालको भ्रमण गरेका छन् । फिगीले सन् १९८४ मा नेपाली टोलीलाई प्रथम दक्षिण एसियाली महासंघिय खेलकुद (साफ हालको साग) मा स्वर्ण पदक दिलाएका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटबल उपाधि हो ।
नेपाली टोलीका पूर्व प्रशिक्षक फिगीसँग पूर्व कप्तान राजुकाजी शाक्य । पहिलो साफमा स्वर्ण जित्दा शाक्य टोलीका खेलाडी थिए ।
फिफा इन्स्ट्रक्टरको जिम्मेवारीका साथ उनी यसपटक फिफा एमए एलिट कोचिङ कोर्स सञ्चालनका लागि नेपाल आएका हुन् । बुधबार सुरु भएर पाँच दिन सम्म चल्ने कोर्समा ३० नेपाली प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
कोर्सको उद्घाटनमा नपाललाई उपाधि दिलाउन सकेका स्मरण गर्दै फिगीले नेपालले आफुलाई सधै महत्वका साथ हेर्ने गरेको बताएका छन् ।
फेरी नेपाल आउने अवसर जुरेकोमा खुसी व्यक्त गर्दै फिगीले नेपाली फुटबललाई नजिकबाट हरिरहेको बताए । उनको सुझाव थियो,‘अझै राम्रो खेल्ने क्षमता नेपाली टोलीमा छ । छिमेकी राष्ट्रसँग मात्र होइन त्यो भन्दा बाहिर पनि प्रतिस्पर्धालाई फैलाउनु आवश्यक छ । साथै कडा मेहनत त गर्नैपर्छ ।’ पहिलो साफको फाइनलमा बंगलादेशलाई ४–२ हराउँदै नेपाल च्याम्पियन बनेको थियो । साफ लगत्तै एसिया कप छनोट खेल्न नेपाली टोली साउदी अरेबिया पुगेको थियो । त्यहाँ लज्जास्पदक हार बेहारेपछि फिगी त्यहिबाट स्वदेश फर्केका थिए ।
फिगीका साथ फिफा एलिट कोर्समा सहभागी प्रशिक्षकहरु ।
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । सोमबार बिहान सम्पन्न खेलमा मायमीले एट्लान्टा युनाइटेलाई २–१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी तथा फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि भने इमानुएल लाटे लाथले सान्त्वना गोल गरे । खेलमा अग्रता भने […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]