4 years ago
April 6, 2021
सुबास हुमागाईं, काठमाडौं
एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको खेल खेल्ने तयारीमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
श्रीलंका पुलिस स्पोर्टस् क्लबसँगको खेलको पूर्व सन्ध्यामा मंगलबार साँझ आर्मी टोलीले दशरथ रंगशालामा प्रशिक्षण गर्दा ४ खेलाडी अनुपस्थित थिए । स्रोतका अनुसार खेलको अघिल्लो दिन गरिएको कोरोना परिक्षणमा चार खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएको हो । खेलाडीको रिपोर्ट पुन: पुष्टिका लागि पठाइएको र अर्को रिपोर्टपछि मात्र ती खेलाडी सहभागिता बारे यकिन निर्णय हुनेछ ।
कोरोना संक्रमणका बाबजुद खेल भने आयोजना हुने देखिएको छ । खेल नेपाली समयानुसार साँझ ५ः३० बजे दशरथ रंगशालमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यद्यपि संक्रमित खेलाडी भने सेल्फ आइसोलेसनमा रहेर खेलमा सहभागिता जनाउने छैनन् । यसअघि एएफसी च्याम्पियन्स लिगको खेलका दौरान पनि खेलाडीमा कोरोना संक्रमण देखिएपनि पाहुना टोली आइसकेकाले एएफसीले खेल आयोजना गरेको थियो ।
यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका केहि खेलाडीमा संक्रमण देखिँदा नोभेम्बरमा भएको बंगलादेश भ्रमण केहि खेलाडीले गुमाएका थिए । अन्य खेलाडीले भने बंगलादेश गएर दुई खेल खेलेका थिए ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]