4 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोट अन्तर्गत प्लेअफको पहिलो खेलमा बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:३० बजे दशरथ रंगशालमा हुनेछ ।
खेलका लागि श्रीलंकाली टोली दुई दिन अघि नै नेपाल आइपुगिसकेको थियो । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक ले टोलीले थोरै तयारी गरेपनि राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताए । उनले कोभिड-१९ संक्रमणका कारण आफ्ना खेलाडी पुलिस ड्युटीमा व्यस्त रहेकाले फुटबल प्रशिक्षण राम्रो गर्न नसकेको बताए ।
‘हामीले खेलका लागि लामो तयारी गरेका छैनौं । हाम्रा सबै खेलाडी पुलिस ड्युटीमा खटिएका कारण फुटबल प्रशिक्षण हुन सकेन । जनवरीको अन्तिमतिर मात्र हाम्रा खेलाडी एकसाथ जम्मा भएका हुन् । त्यसपछि दुई महिना प्रशिक्षण गरेर हामी नेपाल आएका हौं,’ उनले भने ।
यता आर्मीका प्रशिक्षक नविन न्यौपानेले टोलीको तयारी निकै राम्रो भएको बताए । ‘ हाम्रो तयारी निकै राम्रो भएको छ । गत साता किर्गिस्तानको यू-२३ टोलीविरुद्ध खेल्न पाउनुले हामीलाई धेरै फाइदा पुगेको छ । हामीले आफ्नो तयारी कुन स्तरमा थियो भन्ने मापन गर्न पायौं,’ उनले भने ।
त्यसो त आर्मीले गत साता हेटौंडा गोल्डकपमा क्यामरुनको अफ्रिकन रुट्ससँग प्रतिस्पर्धा गरेको थियो । त्यस खेलले पनि आर्मीको तयारीमा सहयोग पुगेको न्यौपानेको भनाइ छ । ‘हामीले अफ्रिकी टोलीसँग खेल्दा शारीरिक रुपमा बलिया खेलाडीसँग कसरि खेल्ने भन्ने भेउ पायौं । श्रीलंका पुलिससँग पनि तीन अफ्रिकी खेलाडी छन् । हामीले उनीहरुविरुद्ध पनि रणनीति बनाएका छौं । हरेक टोलीमा आफ्नो बलिया खेलाडी हुन्छन् नै, त्यसको सामना गर्न हामी तयार छौं,’ न्यौपानेले थपे ।
टोलीका कप्तान भरत खवासले आर्मीका लागि यो राम्रो अवसर रहेकाले खेलाडीहरु त्यसलाई सदुपयोग गर्न तत्पर रहेको बताए । ‘क्लब लाइसेन्स प्राप्त गर्नु र यस्तो प्रतियोगिता खेल्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौं । हाम्रो तयारी पनि राम्रो भएको छ । आशा गरौं भोलि हाम्रो तयारी अनुसार प्रदर्शन हुनेछ,’ उनले भने ।
एएफसी कपमा आर्मीले यसपटक समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ । प्रशिक्षक न्यौपानेले हाललाई समूह चरण पुग्ने आर्मीको लक्ष्य रहेको बताएका छन् । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।
बेंगलुरुविरुद्ध खेल भने १४ अप्रिलमा गोवास्थित जीएमसी रंगशालामा हुनेछ । उक्त खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीली माल्दिभ्समा खेल्नेछन् । उक्त खेलको विजेताले अबहानी लिमिटेड ढाकासँग बंगलादेशमा खेल्नेछ । उक्त खेलको विजेताले अर्को पोलको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको समूह डीमा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् ।
समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । प्लेअफका छनोट भने ७ अप्रिलदेखि नै सुरु हुनेछन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]