8 years ago
October 19, 2016
चितवनमा जारी बिकाश रनीङ शिल्डमा मनाङ मर्स्याङ्दी क्लबले १० खेलाडीमा सिमित युनाइटेड क्लबलाई ४-१ ले हराएको छ । जित पछी मनाङले क्वाटर फाइनलमा आयोजक चितवन ११ को सामना गर्ने छ ।
मनाङकोलागी अफ्रीकन खेलाडी आफिजले दुइल गोल गरे । आफिजको २४ मिनेटको गोलमा अग्रता लिएको मनाङ्ले २६औ मिनेटको बिमल बस्नेतको गोलमा अग्रता दोब्बर गर्यो ।
हाल्फ अघी खेलमा रन्जित आलेको गोल्मा युनाइटेड क्लबल हाल्फ सम्म २-१ को स्तिथिमा फर्क्न सफल भयो ।
दोस्रो हाल्फमा ५५ औ मिनेटम फेरी गोल गर्दै ओलावाले आफिजले मनाङलाई पुन: २ गोल को अग्रता दिलाए । त्यस्तै साजन महर्जनले गरेको ८६औ मिनेटको प्राहार मनाङको चौथो गोल मा परिणत भयो ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]