4 years ago
April 4, 2021
सुबास हुमागाईं, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका ३९ वर्षीय अलमुताइरीले पहिलो पटक सार्वजनिक रुपमा बोल्दै राष्ट्रिय टोलीमा प्रचुर सम्भावना रहेको अभिव्यक्ति दिए ।
खेलाडीका रुपमा गोलरक्षक रहेका अलमुताइरीले लामो समय खेल्न सकेनन् । चोट लागेपछि आफ्नो क्लबले उपचार जिम्मेवारी नलिएपछि उनले पुन: मैदान फर्केनन् । त्यसपछि विहबारी गरेर मैदानबाहिर नै रहेका उनले सन् २०११ मा प्रशिक्षण करीअर सुरु गरे ।
त्यसो त उनलाई बाल्यकालमै मुटुको समस्याका कारण धेरै खेल्न नसक्ने डाक्टरले बताएका थिए । तर उनले खेल्न छाडेनन् । उनको अनुसार त्यसो भन्ने डाक्टरको नै उनीभन्दा अगाडी स्वर्गवास भयो । उनले आफू फुटबलका लागि कटिवद्ध भएर लाग्ने संकेत दिन यसो भनिरहेको आँकलन गर्न सकिन्छ ।
खेलाडी करिअर सकिएपछि प्रशिक्षणमा लागेका उनले विभिन्न क्लब र उमेर समूहको टोली हेरेका छन् । आफ्नो प्रशिक्षण लाइसेन्ससँगै टोलीमा जिम्मेवारी समेत सम्हाल्दै आएका उनले १४ महिनाको अन्तरमा आफ्नो ए लाइसेन्स, प्रो लाइसेन्स र इन्स्ट्रक्टर कोर्ष पूरा गरेका हुन् । उनका अनुसार यो अवधिमा यी सबै कोर्ष गर्नु निकै दुर्लभ उपलब्धि हो ।
एएफसीका कोचिङ इन्स्ट्रक्टर समेत रहेका अलमुताइरीले यसअघि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका छैनन् । सन् २०११ मा प्रशिक्षण सुरु गरेपछि उनले कुवेतकै क्लबतर्फ युवा टोली हेरे । त्यसपछि साउदी अरेबियाका क्लब पुगेका उनले केहि वर्षपछि किर्गिस्तानको यू-१६ टोली सम्हाल्दै देशको इतिहासकै दोस्रो सर्वोत्कृष्ट नतिजा निकालेका थिए । त्यसयता उनी क्लब फुटबलमा नै व्यस्त रहँदै आएका छन् ।
अलमुताइरीले पछिल्लोपटक अल सहानीया फुटबल क्लबको जिम्मेवारी सम्हालेका थिए । त्यहाँ उनले टोलीलाई अन्तिम ९ खेलमा प्रशिक्षण दिँदै आठौं स्थानबाट चौथो स्थानसम्म पुर्याए । उनले जिम्मेवारी लिएको ९ खेलमा ४ जित, ४ बराबर र १ हार बेहोरेको जानकारी दिए ।
अल मुताइरीसँग सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी लिएको अनुभव त छैन तर उनले आफ्नो तयारीका बारेमा बताइरहँदा भने सफल हुने छनक भने देखाएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पाउनुअघि नै उनले राष्ट्रिय टोली, यू-२३ तथा यू-१९ टोलीले खेलेका पछिल्ला ३ वर्षका खेल हेर्दै हरेक खेलाडीको बारेमा रिपोर्ट तयार पारेको जानकारी दिए । उनले यसक्रममा सहभागी ५१ खेलाडीबारे आफूसँग विस्तृत जानकारी भएको पनि बताए ।
प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडी क्षमतावान भएकाले अहिलेको भन्दा अझ राम्रो नतिजा दिन सक्ने रहेको बताए । उनले थ्री नेसन्स कपको प्रदर्शनलाई मात्र नभएर त्यसअघि खेलेका खेललाई पनि आधार मानेर आफ्नो प्रतिक्रिया दिएको प्रष्ट थियो । राष्ट्रिय टोलीको जिम्मेवारी पाएका उनले सम्भव भएसम्म राष्ट्रिय खेलाडीले खेल्ने प्रतियोगिता, क्लबको प्रशिक्षण लगायतमा अवलोकन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अल मुताइरीले आफ्नो योजना र लक्ष्यबारे बोलिरहँदा खेलाडीहरुको प्रदर्शन र नेपाली दर्शकको फुटबलप्रतिको क्रेजलाई केन्द्रविन्दुमा राखिरहे । सेप्टेम्बरमा हुने सम्भावित एसियन कप छनोटको विषयमा बोल्दा समेत उनले घरेलु मैदानमा खेल हुँदाको फाइदा औंल्याए । थ्री नेसन्स कपका दौरान टोलीले सोचेभन्दा कमजोर प्रदर्शन गरेपनि दर्शकहरुले दिएको मायाले उनलाई प्रभावित पारेको थियो । उनले समर्थक योभन्दा धेरै खुसीको हकदार रहेको बताए ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]