8 years ago
October 17, 2016
काठमाडौं(हाम्रो खेलकुद)– नैकाप गोल्डकपमा सोमबार मिरमिरे युवा क्लब, स्वप्नबाग वेस्टर्न युनाइटेड र ढुंगेअड्डा युनेस्को विजयी हुँदै दोस्रो चरणमा पुगेका छन् ।
चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा मिरमिरेले हाम्रो चिसापानी साकासललाई २–० ले हराएको थियो । मिरमिरेका लागि विप्लप शाह र सुदन कार्कीले गोल गरेका थिए । विजयी टोलीका अभय राना खेलको म्यान अफ दी म्याच घोषित भए ।
सञ्जिव महर्जनको दुई गोलको मद्दतमा स्वप्नबागले सेतिदेवी युवा क्लब गोर्खालीलाई ३–० ले हरायो । विजयी टोलीका लागि पहिलो गोल सुवास घलानले गरेका थिए । स्वप्नबागका अनिष महर्जन खेलको म्यान अफ दी म्याच बने ।
अभय रानालाई म्यान अफ दी म्याच ट्रफी हस्तान्तर गर्दै राष्ट्रिय टोलीका पूर्व खेलाडी रमेश बुढाथोकी ।
३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ढुंगेअड्डाले नैकाप युवा क्लबलाई पराजित गरेको थियो । निर्धारित समयमा ढुंगेअड्डाका समिर कार्की, अभिषेक रिजा र सुनिल बस्नेतले गोल गरे । त्यस्तै नैकापका लागि सुनिल तामाङ, हेमन्त केसी र राहुल श्रेष्ठले गोल गरे । टाइब्रेकरमा ढुंगेअड्डा ११–१० ले विजयी भयो । नैकापका गोलकिपर विमल श्रेष्ठ खेलको म्यान अफ दि म्याच बने ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]