8 years ago
October 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नैकाप गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन ब्लू बेल एफसी बाड भन्ज्याङ, वेस्ट काठमाडौं नैकाप र महादेव युथ क्लब रामकोट विजयी हुँदै दोस्रो चरणमा पुगेका छन् ।
ब्लू बेलले एनआरएफएफए सिनामंगललाई टाइब्रेकर ५–३ ले हराएको थियो । यी दुई टोलीबीच खेलको निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएको थियो । खेलमा एनआरएफएफएले अग्रता लिएको थियो । सुनिल गौतमले पहिलो गोल गरेका थिए तर ब्लू बेलका विक्रोस पोखरेलले बराबरी गोल फर्काए ।
मनोज बूढाथोकीले गोल गर्दैै एनआरएफएफएका लागि
दास्रो पटक अग्रता दिलाए । किशोर गुरुङको गोलबाट ब्लू बेलले पुनः खेललाई बराबरीमा पुर्याएको थियो । ब्लु बेलका मुकेश राई खेलको म्यान अफ दि म्याच चुनिए ।
वेष्ट काठमाण्डौले बिआर बर्दर थानकोटलाई २–१ ले हरायो । वेष्ट काठमाण्डौका लागि दुवै गोल अब्दुल्लाले गोल गरे । उनी नै खेलको म्यान अफ दी म्याच गरे । पराजित टोलीका लागि करण तामाङले गोल गरे ।
दिनको अन्तिम खेलमा महादेवले बैरेनी युथ गुर्प,बैरेनी धादिङलाई टाइब्रेकरलाई ४–३ हरायो । खेलको निर्धारित समय १–१ को टुंगिएको थियो । रोहित दाहालको गोलमा महादेवले पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा बैरेनीका लागि कंडेलले बराबरी गोल गरे । महादेवका राजेश कुवर खेलको म्यान अफ दी म्याच चुनिए ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]