8 years ago
October 16, 2016
हाम्रो खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपमा बंगलादेशले सहभागिता नजनाउने भएको छ।
बंगलादेशले आफु विविध कारणवाश आफुले सो प्रतियोगिता खेल्न नपाउने जानकारी दिएको छ। बंगलादेशको लिग भर्खरै सुरु भएको र क्लबहरुले खेलाडी छोड्न नमानेकोले सो कदम चाल्नु परेको पनि बुझ्नमा आएको छ। बंगलादेशको यो निर्णयले भने नेपालको लागि प्रतियोगितामा थप सहज भएको छ।
अब नेपालले समुहमा दुइ खेल मात्र खेल्नेछ भने एक विजय हासिल गरे सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ। बंगलादेश विरुद्धको पहिलो खेल रद्द भएपछि नेपालले अब टिमोरसंग कार्तिक २० गते खेल्नेछ।
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]
December 22, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]
December 22, 2024
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]