4 years ago
March 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबको नयाँ कार्यसमितिलाई मंगलबार स्वागत गरिएको छ । अध्यक्ष मुखिया गुरुङसहित १४ सदस्यीय कार्यसमिति हालै चयन भएको थियो । नयाँ कार्यसमितिलाई स्वयम्भूस्थित क्लबको कार्यालयमा छिमी उर्केन गुरुङ अध्यक्ष रहेको पुरानो कार्यसमितिले स्वागत गरेको हो ।
क्लबको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशिल गुरुङ तथा उपाध्यक्षमा विजय घले, छिरिङ तासी गुरुङ, राजु गुरुङ, कमल गुरुङ र सोनाम गुरुङ छन् । महासचिवमा तेन्जिङ गुरुङ, सचिवमा कर्मा तासी गुरुङ र कोषाध्यक्षमा कर्मा गुरुङ रेहका छन् । रामबहादुर गुरुङ, मुखिया गुरुङ, कर्मा गुरुङ र सोनाम घले क्लबको सदस्य चयन भएका छन् ।
मनाङले लिगमा सर्वाधिक ८ पटक ए डिभिजन लिगको उपाधि जितेको छ । २०४२/४३ सालदेखि २०४३/४४ र २०४६ सम्म मनाङ लगातार तीन पटक च्याम्पियन बनेको थियो । त्यसपछि टोलीले २०५७, २०६०, २०६२, २०७० र २०७५ सालमा लिगको उपाधि उचालेको थियो । गत वर्ष तेस्रो स्थानमा रहँदै मनाङले लिगको अन्त्य गरेको थियो । पटक पटक एएफसी प्रेसिडेन्ट्स कपमा देशको प्रतिनिधित्व गरेको मनाङ घरेलु फुटबलको सर्वाधिक सफल टोली मध्ये एक हो ।
पुराना अध्यक्ष छिमी उर्केन गुरुङले नयाँ कार्यसमितिलाई स्वागत गर्दै आफ्नो कार्यकाल सफल रहेको बताए । ‘कोरोना महामारीका कारण पछिल्लो एक वर्ष फुटबल गतिविधि भएन । तर सामाजिक कार्यमा क्लबले निरन्तर आफ्नो उपस्थिति देखायो । फुटबलमा पनि हामीले एएफसी कपसँगै दुई मोफसल प्रतियोगिता जित्यौं । समग्रमा हार्मो कार्यकाल सफल रहयो,’ उनले भने ।
नयाँ समितिका अध्यक्ष मुखिया गुरुङले क्लबमा नयाँ समिति आएपछि अब नयाँ ढंगले क्लबलाई अगाडी बढाउन लागिपर्ने बताए । महासचिव तेन्जिङ गुरुङले पनि आफ्नो पुरानो अनुभवलाई सदुपयोग गर्दै क्लबलाई सफल बनाउन लाग्ने अभिव्यक्ति दिए ।
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]
January 15, 2025
हिमाल खरेल,बिर्तामोड झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् । त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, […]