8 years ago
October 13, 2016
हाम्रो खेलकुद – पाकिस्तानको महिला राष्ट्रिय टोलीकी फरवार्ड शाल्याला अहमदजाइ बलोचको बुधबार राति कराचीमा कार दुर्घटनामा परि निधन भएको छ।
कारले बाटो छेउमा रहेको पोललाई ठक्कर दिएपछि बलोचको घटनास्थलमै मृत्यु भएको थियो। कारको चालकलाइ आवश्यक छानबिनका लागि गिरफ्तार गरिएको प्रहरीले बताएको छ।
२० बर्षीय बलोच बलोचिस्तान फुटबल टोलीबाट पनि खेल्ने गर्थिन। बलोचकी दिदि रहिला जर्माइन राष्ट्रिय टोलीको व्यवस्थापक हुन् भने आमा सिनेटर रुबिना इरफान पाकिस्तान फुटबल संगको महिला कमिटिको अध्यक्ष थिइन।
पाकिस्तान महिला फुटबल टिमका प्रशिक्षक तारिक लुत्फिले यस घटनाले पाकिस्तानी महिला फुटबललाइ ठुलो घाटा परेको बताए। उनका अनुसार बलोच अहिले सम्मकै सबैभन्दा उच्च स्टारको महिला खेलाडी रहेकी थिइन।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]