8 years ago
October 12, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८ को छनोट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अर्जेन्टिना पराग्वेसंग १-०ले पराजित भएको छ।
लिओनेल मेस्सी अनुपस्थित हुँदा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन। गोन्जालो हिगुएन, सर्जियो अगुएरो, एन्जल डी मारिया, आदि स्टार खेलाडी हुँदा पनि अर्जेन्टिनाले जित आत्मसात गर्न असमर्थ रह्यो।
पाराग्वेका लागि गोन्जालेजले १८औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो। जितसंगै पाराग्वेले छनोट चरणको अंक तालिकामा चिलीलाइ उछिनेर छैठौं स्थानमा आएको छ। उसको १४ अंक छ भने अर्जेन्टिना १५ अंक लिएर पाँचौ स्थानमा छ।
November 18, 2024
एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]
November 18, 2024
एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]