10 years ago
September 9, 2015
पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई असन्तुष्ट पक्षलाई नसमेटि साधारण सभा नगर्न अन्तरिम आदेश दिएको छ ।
अन्तिम फैसला नहुँदा सम्म साधारण सभा नगर्नु नगराउनु भन्ने भदौ १५ को अन्तरिम आदेशलाई निरन्तरता दिदै पुनरावेदनले बुधबार साधारण सभा गर्दा सबैलाई समेट्न आदेश गरेको हो ।
विधान विपरित साधारण सभा गर्न लागेको भन्दै एन्फाका उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा सदस्य पंकज नेम्बाङले दिएको उजुरीका आधारमा पुनरावेदनले भदौ १६ गतेका लागि तय भएको साधारण सभा रोक्ने अन्तरिम आदेश जारी गरेको थियो । पुनरावेदनले भदौं १७ गते दुईपक्षलाई बोलाइ छलफल गरेको थियो ।
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]