8 years ago
October 11, 2016
हाम्रो खेलकुद – बेल्जियमका क्रिस्टियन बेन्टेकेले सोमबार राति भएको विश्वकप छनोट चरणको खेलमा सात सेकेण्डमै गोल गरेर नयाँ रेकर्ड कायम गरेका छन्।
जिब्रालटार र बेल्जियमबिच भएको खेलको सातौं सेकेण्डमै बेन्टेकेले गोल गरेका थिए। जिब्रालटारको खेलाडीले बिचबाट बल चलाउने बितिक्कै उनले बल चोरेर बक्सतर्फ बढि गोल गरेका थिए।
सो खेल बेल्जियमले ६-०को फराकिलो अन्तरले जितेको थियो। बेन्टेकेले थप दुई गोल गरेर ह्याट्रिक पुरा गरे भने हजार्ड, विट्सल र मर्टेन्सले पनि गोल गरेका थिए।
सात सेकेण्डमै भएको गोलको भिडियो तल दिइएको छ:
November 18, 2024
एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]
November 18, 2024
एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]