8 years ago
October 10, 2016
हाम्रो खेलकुद – भारतिय स्पिनर रविचन्द्रन अश्विनले ६ विकेट लिएपछि तेश्रो टेष्टको तेश्रो दिन न्युजिल्याण्ड पहिलो इनिङ्ग्समा अलआउट भएको छ।
भारतले पहिलो पारीमा खडा गरेको ५५७ रनको विशाल योगफललाई पछ्याउँदै गरेको न्युजिल्याण्ड २९९ रनमै सिमित भयो। ओपनरद्वय मार्टिन गप्टिल (७२) टम लेथम(५३)ले पहिलो विकेटका लागि ११८ रनको बलियो साझेदारी गरेका थिए। मध्यक्रममा जेमी निशमले ७१ रन बनाउनबाहेक अन्य कसैले सम्हालिएको पारी नखेलेपछि न्युजिल्याण्डले फलोअन स्कोर पनि पार गर्न सकेन।
भारतका लागि रविचन्द्रन अश्विनले छ विकेट लिएका थिए भने दुई रन आउट पनि पारेका थिए। बाँकि दुई विकेट रविन्द्र जडेजाको नाममा रह्यो।
भारतले आफ्नो दोश्रो पारीको पनि सुरुवात गरिसकेको छ र १८/०को स्थितिमा दिनको खेल समाप्त भएको छ। भारतका गौतम गम्भीर भने रन लिने प्रयासमा पाखुरामा चोट लागेपछि रिटायर्ड हर्ट भएका छन्।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]