9 years ago
September 9, 2015
काठमाडौं, भाद्र २३ ।
अखिल नेपाल फूटबल सघं (एन्फा) को साधारण सभा बारेमा पाटन पुनरावेदन आदलतले आज निर्णय आज सुनाउदै छ । भाद्र १७ मा भएको इजलासले आजको मितिमा फैसला गर्ने निर्णय गरेको थियो ।
एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङको उजुरीमा पुनरावेदनले साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको थियो । भाद्र १७ मा बिहान ११ देखि झन्डै ५ घन्टा चलेको बहसमा वादीकातर्फबाट उपेन्द्रकेशरी न्यौपाने, हिरा रेग्मी र शेरबहादुर केसी तथा प्रतिवाaदीकातर्फबाट शुसिल पन्त, शम्भु थापालगायत ५ जना वकिलले बहस गरेका थिए ।
एन्फा र उजुरीकर्ता पक्षले एन्फाको अलग अलग विधान पेश गरेपछि पुनरावेदनले त्यसमा पनि आज छलफल गर्ने भएको छ । एन्फाले २०७० कात्तिक ७ गते साधारण सभाले अनुमोदन गरेको र अर्को पक्षले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एन्फाले विगतमा दर्ता गरेको विधान प्रस्तुत गरेको थियो ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]