8 years ago
October 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु फुटबलका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नेपाल पुलिस क्लब छाडेका छन्।
नेपाल पुलिस क्लबको फुटबल इतिहासको स्वर्णिम युगलाई प्रशिक्षण दिएका श्रेष्ठले उपाधिसंगै राष्ट्रिय टोलीका लागि धेरै खेलाडी उत्पादन पनि गरेका थिए। पुलिसको तिन लिग उपाधि, एक राष्ट्रिय लिग उपाधि र धेरै मोफसल कपहरुमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठको केहि साताअघि सम्मानका साथ बिदाई गरिएको थियो।
श्रेष्ठको करार अवधि सकिएको र श्रेष्ठ आफैंले अनुबन्धन बढाउन नचाहेपछि उनले क्लब छाडेका हुन्। पुलिस क्लबको प्रशिक्षणको जिम्मा अब पुर्व कप्तान अनन्त थापाले सम्हाल्नेछन्। यसअघि पनि बिराट गोल्ड कप, बुढासुब्बा गोल्डकप, लगायतको मोफसलको प्रतियोगितामा थापाले जिम्मेवारी सम्हालेका थिए।
श्रेष्ठको पुलिसबाट बिदाईसंगै उनले अब कुन क्लब हेर्ने हुन् भने अझै थाहा भएको छैन। एन.आर.टिको बि डिभिजन लिग दौरान उनि केहि खेलमा सल्लाहकारका रुपमा देखिएका थिए
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]