8 years ago
October 6, 2016
टोकियो (एजेन्सी) – रसिया विश्वकपका लागि जारी एसियाली छनोटमा बिहीबार दक्षिण कोरिया, जापान, युएइ, इरान र सिरिया विजयी भएका छन् ।
समूह एमा फरवार्ड सन ह्युग मिनको निर्णायक गोलमा दक्षिण कोरियाले कतारलाई ३–२ ले हरायो । सोही समूहको अर्को खेलमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा सिरियाले चीनलाई १–० नै हरायो । इरानले उज्वेकिस्तानलाई १–० ले पराजित गर्यो । अर्को समूहमा जापानले इराकमाथि २–१ र युइएले थाइल्यान्डमाथि १–० संघर्षपूर्ण नतिजा निकालेको छ । सिरियाका ममुद अल मावाले ५४ औं मिनेट गरेको गोलमा चीन पराजित भएको थियो । समूह एमा इरान र दक्षिण कोरियाको समान ७ अंक छ । गोलअन्तरमा इरान शीर्षस्थानमा छ । ६ अंकसहित उज्वेकिस्तान तेस्रो स्थानमा छ । त्यस्तै सिरियाको ४, चीनको १ र कतार अंक बिहिन छ ।
समूह बीमा एक खेल कम खेलेका अस्ट्रलिया र साउदी अरेबिया तथा ३ खेल खेलेका जापान र युएइको समान ६ अंक छ । इराक र थाइल्यान्ड अंक विहिन छन् । समूहका सबै टोलीले एकअर्कासँग होम एन्ड अवे खेलेपछि समूह ए र बीका शीर्ष दुई टोली विश्वकपका छनोट हुनेछन् । तेस्रो स्थानमा रहने दुई टोलीले प्ले अफ खेल्नेछन् ।
होतारु यामागुचीले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेपछि जापाले इराकमाथि २–१ को जित हासिल गरेको थियो । गुन्की हारागुचीले २५ औं मिनेटमा गोल गर्दै जापानलाई घरेलु टोलीमा अग्रता दिलाएका थिए । ६० औं मिनेटमा साद नातिक नाजीले फ्रिकिकमार्फत गोल फर्काउदै खेललाई १–१ को बराबरीमा पुर्याए । ६ मिनेट थपिएको इन्जुरी समयमा यामागुचीले गोल गर्दै जापानलाई जित दिलाए । पहिलो हाफमा २–१ ले पछि परेको खेल लाई उल्टाउँदै कोरिया विजयी भएको थियो । जी डोङ वनले ५६ औं मिनेटमा गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा पु¥याएका थिए । त्यसको दुई मिनेटपछि नै ह्युग मिनले निर्णायक गोल गरे । अन्तिम २४ मिनेट कोरियाले दस खेलाडीमा सिमित भएको थियो । होङ जियोङ हो ६६ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान छोडेका थिए । कप्तान कि सुङ युइङले ११ औं मिनेटमा गोल गर्दै कोरियालाई अघि बढाएपनि १७ औं मिनेटमा नै हसन अलि हाइडोसले पेनाल्टीमा बराबरी गोल गरे । सेबास्टियन सोरियालाई होङले फाउल हानेपछि कतारले पेनाल्टी पाएको हो ।
मध्यान्तर हुन केहि समय बाँकी रहँदा सारियोले गोल गर्दै कतारलाई अग्रता दिलाए । दोस्रो हाफमा जीले बराबरी गोल गरे । सनले टोलीका लागि निर्णायक गोल गर्दै महत्वपूर्ण अंक दिलाएका थिए । तीन खेलमा अपराजित रहँदै आएको दक्षिण कोरियाले दुई जित र १ खेलमा बराबरी गरेको छ ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]