8 years ago
October 6, 2016
काठमाडौं – विजया दशमीको अवसर पारेर बिहीबार भएको मैत्रीपूर्ण फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ४–१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा परिसरमा रहेको मैदानमा भएको खेलमा एन्फाका लागि रवि महर्जन, मेघराज केसी, लव खत्री र नविन पाण्डेले गोल गरे । मञ्चका सुवास हुमागाईले १ गोल फर्काएका थिए । मैत्रीपूर्ण खेलपछि एन्फाले मञ्चको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो । एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव धिरेन्द्र प्रधानले मञ्चका पदाधिकारी र सदस्यलाई खादा लगाइदिएका थिए । मञ्चको निर्वाचन वैशाख २५ गते भएको थियो ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]