default_image

4 years ago

February 17, 2021

आर्मी र पुलिसको बराबरीसँगै एपिएफ च्याम्पियन

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ । बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल बाँकी रहँदै च्याम्पियन बनेको हो ।

आर्मीले यस खेलमा जित हासिल गरेको भए एपिएफको अर्को खेलको नतिजाले अन्तिम खेलसम्म लिगको उपाधि होड लम्बिने सम्भावना थियो । तर पुलिस र आर्मीको बराबरीसँगै एपिएफ च्याम्पियन बनेको हो । यससँगै आर्मी लिगको उपविजेता बन्ने पक्का भएको छ । पुलिस भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

पुलिसले खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफको १७ औं मिनेटमा अमृता जैसीको हेडर विमला विकलाई लाग्दै गोल भएपछि पुलिसले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउँदै आर्मीलाई उपाधि होडमा कायम रहने आशा जगाएकी थिइन् ।

दोस्रो हाफको इन्ज्युरी समयमा पुलिसले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो । पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा पुलिसले अग्रता लिन सकेन । कप्तान घिमकुमारी गुरुङको पेनाल्टी प्रहार पोस्टभन्दा निकै माथि गएपछि पुलिसले अंक बाँड्नुपरेको हो ।

यस जितले आर्मीको ११ खेलमा २६ अंक भएको छ । १० खेल खेलेको एपिएफ ३० अंक जोड्दै च्याम्पियन बनेको छ । पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा छ । विराटनगरको ११ खेलमा १६ अंक छ । वालिङ १४, चन्द्रपुर ९ र चौदण्डीगढी अंकविहिन रहँदै पुछारका तीन स्थानमा छन् ।

April 30, 2025

बार्सिलोना र इन्टर भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]

April 30, 2025

च्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

Success

Thank you for your time.