4 years ago
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी घुँडाको गम्भीर चोट बोकेपछि झन्डै एक वर्ष मैदानबाहिर रहने भएकी छिन् ।
सोमबार विभागिय टोली नेपाल पुलिस क्लबसँगको खेलमा सावित्रा घाइते भएकी थिइन् । दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आएको हो । रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको छ । अब विशेषज्ञसँग रिपोर्ट देखाएपछि चोटको विस्तृत विवरण आउनेछ ।
पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन् । उनको ठाँउमा मैदान प्रवेश गरेकी रविना गोलेले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो । विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो ।
लिगको १० खेलमा साम्बाले ४३ गोल गरिसकेकी छिन् । एपिएफलाई लिग च्याम्पियन बन्न अब विराटनगर विरुद्ध जित हासिल गरे पुग्नेछ । लिगको अन्तिम खेल शुक्रबार आर्मी र एपिएफबीच हुनेछ ।
गम्भीर चोट लागेकी साम्बाको अब शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसबारे विस्तृत रिपोर्ट अध्ययनपछि एन्फाले निर्णय लिनेछ । अघिल्लो महिना पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी विमल घर्ती मगरको पनि यसै प्रकृतिको चोट लागेको थियो । उनी शल्यक्रियाका लागि कतार पुगिसकेका छन् ।
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]