8 years ago
October 1, 2016
हाम्रो खेलकुद – ईंगलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएका खेलमा चेल्सी र लिभरपुल फुटबल क्लबले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्।
स्वान्सी संगको अवे मैदानमा भएको खेलमा लिभरपुल २-१ले विजयी भयो। लिभरपुलका लागि जेम्स मिल्नरले पेनाल्टिमार्फत गोल गरेका थिए। लेरोय फेरको गोलले अघि बढेको स्वान्सी फिर्मिनोको गोलसंगै बरबरीमा पुगेको थियो।
दिनको अर्को खेलमा भने चेल्सीले हल सिटिलाई उसकै मैदानमा २-०ले पराजित गर्यो। चेल्सीका लागि डिएगो कोष्टा र विलियनले गोल गरेका थिए। यसबाहेक, वेष्ट ह्याम र मिडल्सब्रो, सन्डरल्याण्ड र वेष्ट ब्रम, र बर्नमाउथ र वाटफर्डको खेल भने बराबरीमा टुंगिएको थियो।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]