4 years ago
February 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक प्रदीप हुमागाईंलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टीकरण माग गरेको छ । एन्फा पदाधिकारी र कर्मचारीमाथि दुर्व्यवहार र आक्रमणको प्रयास गरेको भन्दै उजुरी परेपछि एन्फाले स्पष्टीकरण माग गरेको हो ।
प्रशिक्षक हुमागाईंले मंगलबार साँझ एन्फाका तीन कर्मचारी र पदाधिकारी बसिरहेको स्थानमा पुगेर दुर्व्यवहार गरेका थिए । शंखमुलस्थित रेस्टुराँमा मादक पदार्थ सेवन गरेका हुमागाईंले अपशब्द बोल्दै गाली गरेको र आक्रमणको समेत प्रयास गरेको उजुरीमा उल्लेख गरिएको छ ।
एन्फाले बुधबार नै हुमागाईंलाई स्पष्टीकरण माग गरेको एन्फा स्रोतले जनाएको छ । पछिल्लो समय अमेरिकामा रहँदै आएका हुमागाईं केहि साताअघि मात्र नेपाल आएका थिए । उनी एन्फाका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
दुई सातायता एन्फामा जारी महिला लिगमा उनी नियमित रुपमा एन्फा कम्प्लेक्समा उपस्थित रहँदै आएका छन् । हाल कुनै जिम्मेवारीमा नरहेका उनले झन्डै ७ वर्षअघि थ्री स्टार क्लबको प्रशिक्षण सम्हालेका थिए ।
हुमागाईंले यस विषयमा बोल्दै सामान्य विवाद भएको स्विकार गरे । उनले उजुरी परे अनुसार आक्रमणको प्रयास भने नगरेको प्रष्टाउन चाहे ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]