default_image

8 years ago

October 1, 2016

पाटन उच्च अदालतको आदेशले एन्फा निर्वाचन अन्योलमा

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विषयमा पाटन उच्च अदालतको पछिल्लो आदेशले कात्तिक ८ गतेका लागि तय भएको निर्वाचन अन्योलमा परेको छ । उच्च अदालतले शुक्रबार एन्फाको निर्वाचन प्रक्रिया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश दिएपछि नयाँ अध्यक्ष चयनको अवस्था अलमलमा परेको छ ।

images-1

एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको छ । उच्च अदालतले मुद्दाका दुवै पक्षलाई कात्तिक ५ गते अन्तरिम आदेशबारे छलफल गर्न डोकेको छ ।
एन्फा निर्वाचन कमिटीले कात्तिक ८ गते रिक्त अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन गर्ने गरि तयारी थालिसकेको थियो । अध्यक्षका लागि कार्यावहाक नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै श्रेष्ठको प्यानलबाट मणि कुवँर र शर्पाको प्यानलबाट दीपक खातीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एन्फाको निर्वाचन समितिले कात्तिक ५ गते सम्म उम्मेदवारी फिर्ताको सिमा तोकेको थियो ।
यसै बर्षको सुरुआतमा एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालाई फुटबलको सर्वोच्च निकाय फिफाले आर्थिक अनियमितता गरेको आरोपमा १० वर्षे प्रतिबन्ध लगाएपछि अध्यक्षको पद रिक्त रहेको थियो । त्यस्तै उपाध्यक्ष तथा तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पदि पनि खाली रहँदै आएको छ । एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्ष तोकेर काम दैनिक कामकारवाही गर्दै आएको छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.