default_image

8 years ago

September 30, 2016

रुस्लान थ्री स्टारलाई बोर्डोलोइ ट्रफी,पुरस्कार १६ लाख रुपैयाँ

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टारले लगातार दोस्रो महिनामा दोस्रो ठूलो सफलता हासिल गरेको छ । अघिल्लो महिना मंगोलिया पुगेर एएफसी कप २०१७ को फाइनल चरण पुग्न सफल भएको थ्री स्टारले शुक्रबार भारतको प्रतिष्ठित बार्डोलोइ ट्रफी फुटबलको उपाधि जितेको छ ।

गुवाहिटी शुक्रबार राती खेलको थप समयमा विमल घर्तिमगरले निर्णायक गोल गरेपछि भारतको चर्चित क्लब इस्ट बंगाललाई २–१ पराजित गर्दै उपाधि जितेको हो । बोर्डोलोइको ६४औं संस्करणको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो ।
खेलको अन्त्यतिर दुवै टोलीले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । ८२ औं मिनेटमा एडलेजाले गोल गर्दै इस्ट बंगाललाई अग्रता दिलाए । इन्जुरी समयको एक मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल गरेका थिए ।
थप समयको नवौं मिनेटम विलमले गोल गरेपछि थ्री स्टार च्याम्पियन बन्दै स्वदेश फर्कदैछ । थप समयको २० मिनेटमा दुवै टोली दस खेलाडीमा सिमित भएका थिए । थ्री स्टारका विजय गुरुङ र इस्ट बंगालका सामतले रातो पाएपछि दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।
थ्री स्टारले उपाधिसहित १६ र इस्ट बंगालले ८ लाख रुपैैयाँ प्राप्त गरे । समूह चरणमा नागाल्यान्डलाई ६–१ ले हराएको थ्री स्टार थ्री स्टारले सिलोङ लाजोङ र ओयल इन्डियासँग समान १–१ को बराबरी खेल्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा सिक्किम युनाइटेडलाई ४–१ ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । थप समयमा ३ गोल गर्दै थ्री स्टार अघि बढेको थियो ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.