8 years ago
September 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लब र एन.आर.टि क्लबबिचको खेलमा रेफ्रीलाई कुटपिट गर्ने अफिसियल र श्री कुमारी क्लबलाई अखिल नेपाल फुटबल संघले दुइ वर्ष प्रतिबन्ध गर्ने भएको छ।
बिहिबार बसेको एन्फाको अनुशासन समितिको बैठकले भिडियो र म्याच अफिसियलको लिखित रिपोर्ट अध्ययन गरेर सो निर्णय लिएको हो। निलम्बित हुनेमा श्री कुमारी क्लबका अध्यक्ष नकुल हमाल, टिम व्यवस्थापक अनुप अधिकारी लगायतका अफिसियल रहेका छन्।
अफिसियलसंगै संघले क्लबमाथि पनि सोहि कारवाही गर्ने उल्लेख गरेको छ। कारवाहीसंगै श्री कुमारीले ‘बि’ डिभिजनमा बाँकी रहेको दुइ खेल खेल्ने छैन र उसको ‘बि’ डिभिजनमा भने स्थान रहनेछ। दुइ वर्ष पछि पुन: बि डिभिजनबाट नै खेलमा संलग्न हुन पाउने पनि प्रावधान रहेको छ। श्री कुमारीको प्रतिवन्ध संगै ‘ए’ डिभिजनमा उक्लन अब च्यासल, एन.आर.टि र आर.सी.टिको सम्भावना बढी देखिएको छ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]