default_image

8 years ago

September 29, 2016

बायर्न म्युनिक एथ्लेटिको म्याड्रीडसङ पराजित

69 views

0 Bookmark

यानिक्क फरैरा-कारास्कोको एक मात्र गोलमा एथ्लेटिको म्याड्रीडले आफ्नो होममा जर्मनको च्याम्पियन बायर्न म्युनिकलाई हराउन सफल भएको छ ।

griezmann

च्यम्पियन्स लिगको समुह ‘डि’ अन्तर्गतको खेलमा कारास्कोले ३५ मिनेटमा एथ्लेटिको म्याड्रीडलाई अग्रता दिलाएका थिए । म्याड्रीडले पेनाल्टी मार्फत ८४ मिनेटमा अग्रता दोब्बर गर्ने मौका पाएपनी एन्टोनियो गृज्म्यानले पेनाल्टी मिस गरे पछी एथ्लेटिकोको जित १-० मा सिमित भएको हो ।

समुहको अर्को खेलमा रोस्टोभ र पिएस्भी इन्ढोभेन २-२ को बराबरी खेल्दै अंक बाडे ।

अन्य खेलहरुमा न्यापोलिले बेन्फिका बिरुद्ध ४-२ को जित हात पार्यो । त्यस्तै समुह ‘बि’ को अर्को खेलमा बेसिक्टास र डाइनामो किभ बिचक खेल  १-१ को बराबरिमा सकियो ।

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ। खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।  घरेलु मैदानमा […]

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]

Success

Thank you for your time.