8 years ago
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार श्री कुमारी र एन.आर.टि. बिचको खेलमा रेफ्रीमाथि हातपात भएपछि बसेको एन्फाको अनुशासन समितिको बैठकको निर्णय भोलि आउने भएको छ।
खेलमा पराजित भएपछि आक्रोशित देखिएका श्री कुमारी क्लबका अफिसियलहरुले रेफ्रीमाथि हातपात गरेका थिए। खेल सकिएलगत्तै अस्पताल पुगेका रेफ्रिहरुको जिउमा सामान्य चोट देखिएको थियो।
एन्फामा आज बसेको अनुशासन समितिको बैठकले खेलको अफिसियलहरुको रिपोर्ट आउन बाँकी रहेको जनाउदै भोलि निर्णय आउने बताएको छ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]