default_image

8 years ago

September 28, 2016

रुस्लान थ्रीस्टारको सुरुवाती ११ घोषणा; आक्रमण असिमले सम्हाल्ने

88 views

0 Bookmark

असोज १२, गुवाहाटी ।
बोर्डोलोई ट्रफीको पहिलो सेमिफाईनलमा आज सिक्किम युनाईटेडबिरुद्ध उत्रन लागेको नेपालको थ्रीस्टार क्लबले मुख्य स्ट्राईकरमा असिमजंग कार्कीलाई समावेश गर्दै प्रारम्भिक ११ खेलाडीको नाम सार्वजनीक गरेको छ।

चोटका कारण पुरानै लयमा फर्कन संघर्षरत असिमलाई प्लेईङ सेटमा समावेश गर्दै मुख्य प्रशिक्षक मेघराज केसीले सेमिफाईनलका लागि प्रारम्भिक ११ खेलाडीको सुचि सार्वजनीक गरेका छन् । क्लबको फरवार्ड लाईनमा असिमलाई अफ्रिकन खेलाडी मार्टिनको साथ रहनेछ । लिग चरणमा स्ट्राईकरको भुमिकामा रहेका विमल घर्तिमगरलाई प्रशिक्षक केसीले विङ्गरको जिम्मेवारी सुम्पिएका छन् । लिग चरणको अन्तिम खेलमा चोट बोकेका आक्रमक मिडफिल्डर बुद्ध चेम्जोङको स्थानमा विमलले खेल्नेछन् । आज रेगुलर गोलरक्षक एलेनको स्थानमा बिनय श्रेष्ठले सुरु गर्ने छन ।

रुस्लान थ्री स्टारको सुरुवाती ११: बिनय श्रेष्ठ ; विष्णु सुनुवार, विजय धिमाल, रेजिन धिमाल,देबेन्द्र तामाङ; बिक्रम लामा, निराजन खड्का, सुनिल वल, बिमल घर्तिमगर; असिम जङ कार्की, मार्टिन 

मिडफिल्डमा विमलसंगै कप्तान बिक्रम लामा, निराजन खड्का र सुनिल वल रहनेछन् । यस्तै दोहोरो पहेलो कार्डका कारण सेमिफाईनल गुमाएका सेन्टर डिफेन्डर पिटरको स्थानमा विष्णु सुनुवारले खेल्नेछन् । एक खेलको निलम्बन परेका विजय धिमाल, रेजिन धिमाल र देबेन्द्र तामाङले थ्रीस्टारको डिफेन्स लाईन सम्हाल्ने मुख्य प्रशिक्षक केसीको भनाई छ । भारतको गुवाहाटीको नेहरु स्टेडियममा हुने खेल स्थानिय समय अनुसार अपरान्ह साढे ४ बजे सूरु हुनेछ । गर्मीका कारण निर्धारित समय भन्दा खेल आधा घण्टा ढिला सारिएको हो ।

थ्रीस्टार समुह एको विजेता र सिक्किम युनाईटेड समुह बीको उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेका हुन् । भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता बोर्डोलोई ट्रफीको यो ६४ औ संस्करण हो ।

स्रोत: एनएसजिएफ

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.