8 years ago
September 28, 2016
असोज ११, गुवाहाटी ।
भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा बुधबार नेपालको रुस्लान थ्रीस्टार क्लब र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय दिउँसो ४:१५मा सुरु हुनेछ ।
समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थ्रीस्टारले सेमिफाईनलमा समुह बीको उपविजेता सिक्किमलाई प्रप्रतिद्धन्दीको रुपमा पाएको हो । मंगलबार राती भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम समुह बीको उपविजेता बन्न सफल भयो । गुवाहाटीको नेहरु स्टेडियममा दिउसो ४ बजे हुने पहिलो सेमिफाईनलको विजेताले उपाधिका लागि इस्ट बंगाल र सिलोङ लाजोङ फुटबल क्लबबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
इस्ट बंगाल लिग चरणमा शतप्रतिशत नतिजा निकाल्दै यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेको थियो । इस्ट बंगालले फाईनल प्रवेशका लागि समुह एको उपविजेता सिलोङ लाजोङ फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल स्थानिय समय अनुसार बुधबार साझ ७ बजे सूरु हुनेछ ।
२० जना खेलाडी बोकेर गुवाहाटी ओर्लिएको थ्रीस्टारको टिममा चोट ग्रस्त खेलाडीको लामो सुचि बनेको छ । लिग चरणको अन्तिम खेलमा चोट बोकेका नियमित गोलकिपर एलन न्युपाने र मिडफिल्डर बुद्ध चेम्जोङले सेमिफाईनलको खेल गुमाउने पक्का छ । मिडफिल्डर प्रकाश बुढाथोकीको चोट यथावत छ । डिफेन्डर पिटर पनि दोहोरो पहेलको कार्डका कारण सेमिफाईनलमा उपलब्ध हुने छैनन । एलनको स्थान बैकल्पिक गोलकिपर विनय श्रेष्ठले लिनेछन् भने बुद्धको स्थानमा विजय गुरुङलाई खेलाउने योजना मुख्य प्रशिक्षक मेघराज केसीले बनाएका छन् । सेन्टर डिफेन्समा पिटरको स्थान विष्णु सुनुवारले लिनेछन् । क्लबको फरवर्ड लाईनमा असिमजंग काकी र मार्टिनलाई खेलाएर विङ्गरमा विमल घर्तिमगरमा पनि प्रयोग गर्ने सकिने केसीको भनाई छ ।
प्रतियोगिताको विजेताले १६ लाख रुपैया र उपविजेताले ८ लाख रुपैया प्राप्त गर्नेछन् ।
स्रोत: एनएसजिएफ
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]