default_image

10 years ago

September 8, 2015

“उत्कृष्ट प्रदर्शनको ग्यारेन्टी दिन्छु”: राष्ट्रिय फुटबल प्रशिक्षक प्याट्रिक

170 views

0 Bookmark

एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ:

Nepali Coach Patrick Aussems

राष्ट्रिय फुटबल प्रशिक्षक प्याट्रिक ओजेम्स

प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो?
उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं छ र धेरै अभ्यास गर्न बाकी छ । त्यसको लागि समय लाग्छ ।

 

प्र: भारतसंगको खेलमा नेपालको प्रदर्शन कस्तो पाउनुभयो?
उ: नेपाली डिफेन्स एकदम राम्रो छ, एकले अर्का लाई निकै सपोर्ट गरेको देखिन्छ, उनिहरुमा दृढता र जुझारुपन देखिन्छ । अट्याकमा निकै कमजोर देखिएको छ, खेलाडिहरु फिजिकल छैनन र भारत सँग धेरै अनावश्यक लामो पास खेलेको थियो खेलाडिहरु टेकनिकल्ल्री निकै राम्रा छन्, सर्ट पासमा फोकस गर्न पर्ने देखिएको छ । टेकनिकल्ल्री खेलेर दुस्मनलाई दुख दिन सक्छन । हामीले बल म्यानेजमेन्ट र कन्सनट्रेसन सुधार्न पर्छ । हामीसँग चार महिना बाकिं छ तर त्यसलाई मैले पहिलो अभ्यास  बाट नै फोकस गरेको छु

 

प्र: अबको राष्ट्रिय टोलीमा के फरक पाउनेछौँ?
उ: मैले राष्ट्रिय लिग बाट ६-७ जना छुट्टै प्रोफाइलको खेलाडी भेट्ने आशा गरेको छु । म सँग नोवेम्बर, डिसेम्बर सम्ममा मैले खोजेको जस्तो टिम हुने छ । अहिलेको खेलाडिहरुमा अन्तर धेरै छ । अब सुरु हुने राष्ट्रिय लिग मैले नयाँ खेलाडी छान्ने मौकाको रुपमा लिएको छु । कोही खेलाडी निकै अनुभवी छन र कोही निकै अनुभवबिहिन छन ।

 

प्र: अब आउने चार महिनाको तयारी कस्तो हुनेछ?
उ: मैले चार महिनाको लागि प्लानिङ गरिसकेको छु, मैले सेप्टेम्बर २१ सम्ममा नै नयाँ खेलाडिहरु भेट्ने आशा गरेको छु । पहिला टिम सेट भएपछी मात्र म प्लानिङ को अर्को चरणमा काम गर्ने छु ।  हामी खेलाडिको फिटनेश लेवल मा पनि ध्यान दिने छौ,  साएद यो संसार कै सबै भन्दा युवा राष्ट्रिय टोली हो, युवा खेलाडी भए पनि प्रशस्त अनुभव भएका खेलाडी छन । अभ्यास बाट टेक्निकल कुरा मा ध्यान दिएर हामी युवा र अनुभवले भरिएको टोली बनाउने छौ ।

 

प्र: नेपाललाई बिगतका दुई प्रशिक्षकले साफको सेमीफाईनलसम्म पुर्याएका थिए, यसपाली उपाधि जित्न सकिएला त?
उ: यदी कुनै प्रशिक्षकले टिम सम्हाल्ने बितिकै उपाधि जित्छ भन्छ भने उ ढाँटी रहेको हुन्छ, यदी मैले त्यसो भने भने म नै ढाँटी रहेकै हुन्छु । हामी खेल परिवर्तन गरेर नतिजाको लागि कडा मिहेनत गर्ने छौ । म जितको कसम खादिन तर कडा मेहेनत र राम्रो प्रदर्शनको ग्यारेन्टी दिन्छु । हामी उत्कृष्ट फूटबल खेल्नेछौ ।

 

प्र: भारतबाहेक साफको अन्य टोलीको प्रदर्शन हेर्नुभएको छ?
उ: मैले अहिलेसम्म साफका अन्य टोलिहरुको प्रदर्शन हेरेको छैन तर अब छिटै भुटान र मल्दिभ्सले चाईनासँग खेल्दै छ, म त्यसको भिडियोहरु हेर्ने छु । चाईनाका कोच मेरो साथी हुन ।

 

प्र: नेपालले गोल गर्न नसकेको दुइ वर्ष बितिसक्यो, के अब गोल गर्न सक्ला त?
उ: नेपालले गोल गर्न सक्छ र त्यसको लागि हामी अभ्यासमा कडा मेहेनत गर्ने छौ । म अट्याकिङ फूटबल खेलाउने कोच हूँ र म त्यो गोल छिटै निस्किनेमा बिश्वस्त छु । म टिमलाई राम्रो मुभ बनाएर कसरी गोल हान्ने सिकाउछु ।

 

प्र: भारतको प्रदर्शन कस्तो लाग्यो?
उ: भारत निकै नै ठुलो देश हो तर नेपाललाई हराउन सकेन, उनिहरु सँग निकै राम्रा खेलाडिहरु छन् तर उनिहरु ले धेरै ठाउँमा प्रगती गर्नपर्ने देखिन्छ । उनिहरु भन्दा टेकनिकल्ल्री नेपाल धेरै आगाडी छ ।

 

प्र: यु-१९ टोलीको विषयमा के भन्नुहुन्छ?
उ: यु-१९ टिम एकदम राम्रो छ, खेलडिहरु निकै प्रतिभाशाली छन्, राष्ट्रिय टोलीमा भएका बाहेक अरु खेलाडीहरुले पनि निकै उत्कृष्ट  खेले । अहिलेको राष्ट्रिय टोली युवा भए पनि हामीले निरन्तर यु-१९ का खेलडिहरुमाथि नजर राख्नुपर्छ, यसले नेपाललाई पछीसम्म पनि निकै फाईदा गर्छ ।

 

प्र: नेपाली फुटबलको बारेमा के थाहा छ?
उ: मैले चाईनामा तीन बर्ष काम गरेको भए पनि मलाई नेपाली फूटबल बारे केहि पनि थाहा थिएन । मैले एन्फा सँग कन्ट्याक्ट भएपछी मात्र नेपाली फुटबलबारे रिसर्च गर्न थालेको हुं ।

 

प्र: हजुरको युरोपमा काम गरेको थुप्रै अनुभव छ, के यो अनुभवले नेपाली खेलाडीलाई युरोपको ढोका खोल्न सहयोग पुग्ला?
उ: मलाई नेपाल आएपछी मात्र ५-६ वटा कोही राम्रो खेलाडी छ कि भनेर यूरोप बाट फोन आइरखेको छ । म उत्कृष्ट खेलाडिहरु लाई यूरोपमा एक्स्पोजरको लागि पठाउन प्रायस गर्नेछु । म बेनिनमा हुँदा पनि मैले ६ जना खेलाडी लाई यूरोप पठाएको थिए र अहिले पनि ५ जना यूरोपको माथिल्लो दर्जाको फूटबल खेलिरखेका छन ।

March 25, 2025

काठमाडौ रेजर्सको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]

March 25, 2025

एन्फा कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]

March 25, 2025

नेपाली फुटबल टोलीले अर्को इतिहास रच्ला?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]

Success

Thank you for your time.