8 years ago
September 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– भारतको गोवामा आज हुने एसियाली फुटबल महासंघ (एएफसी) को विशेष साधारण सभामा भाग लिन अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठसहितको तीन सदस्यीय टोली त्यहाँ पुगेको छ ।
कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी समेत दिएका कार्यवहाक अध्यक्ष श्रेष्ठका साथ महासचिव धिरेन्द्र प्रधान र प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले साधारण सभामा भाग लिदैछन् ।
विशेष साधारणमा भाग लिन एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफासहित सदस्य राष्ट्रका प्रतिनिधि गोवामा भेला भएको एएफसीले जनाएको छ । अल खालिफाले भारतमा जारी एएफसी यू १६ को च्याम्पियनसिपका केही खेल हेर्ने बताइएको छ । भारतमा अर्को बर्ष आयोजना हुने फिफा यू १७ विश्वकपको लोगो सर्वाजनिक कार्यक्रममा पनि एएफसी अध्यक्ष भाग लिने जनाइएको छ ।
विशेष साधारणसभाले फिफा काउन्सिलको तीन सदस्य निर्वाचित गर्नेछ । काउन्सिलमा एसियाको प्रतिनिधित्व गर्ने तीन जनामध्ये एकजना महिला अनिवार्य निर्वाचित हुनुपर्नेछ । सदस्यका लागि तीन पुरुष र तीन महिलाको उम्मेदवारी परेको एएफसीको वेभसाइटमा उल्लेख छ ।
यता कात्तिक ८ गते हुने विशेष साधारण सभाले रिक्त एक अध्यक्ष र एक उपाध्यक्ष चयन गर्नेछ । कार्यवहाक अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच अध्यक्षमा प्रतिस्पर्धा हुनेछ भने उपाध्यक्षतमा राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, एन्फा पूर्व केन्द्रिय सदस्यद्वय दीपक खाती र मणी कुँवरले उम्मेदवारी दिएका छन् । खातीले शेर्पा र कुँवरले श्रेष्ठको प्यानलबाट तथा सिंहले विना प्यानल उम्मेदावरी दिएका हुन् ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]