4 years ago
January 11, 2021
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी पुनः लयमा फर्केको संकेत गरेका छन् । उनले पछिल्ला दुई खेलमा ४ गोल गरिसकेका छन् । तर, पनि उनले अर्को सिजन क्लब छाड्ने चर्चा भने चलिरहेको छ । मुख्यतः उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने प्रसंग बारम्बार उठ्ने गरेको छ ।
अर्जेन्टिनी कप्तानको बार्सिलोनासँगको सम्झौता अब ५ महिना बाँकी छ । अहिले उनी सरुवाका लागि अन्य क्लबसँग कुराकानी गर्नका लागि खुला छन् । तर, उनको चर्को पारिश्रमिक तिर्न क्लब तयार हुन्छन् त? यो प्रश्न पनि सँगै जोडिएको छ ।
पिएसजी मेस्सीका पूर्व सहकर्मी नेयमारसँग पून उनको सहकार्य गराउने प्रयासमा रहेको अनुमान गरिएको छ । यदि त्यस्तो भएको खण्डमा पिएसजीको आक्रमणमा केलियन एमबाप्पलेसहित ३ जना सुपर स्टार रहनेछन् । तर, फ्रान्सेली पत्रकार जुलियन लाउसेन्स लिग वन च्याम्पियनका लागि आर्थिक विषय नै मेस्सीलाई लिन ठूलो बाधक हुने बताउँछन् ।
‘कोभिड १९ का कारण फाइनान्सियल फेयर प्लेको नजरमा पिएसजी र त्यस्ता अन्य ठूला क्लबलाई अहिलेको समय कठीन छ । मलाई उनीहरुको आर्थिक अवस्था थाहा छैन, ‘उनले भनेका छन्, ‘नेयमारलाई बार्षिक ३० मिलियन युरो, मेस्सीका लागि ६० मिलियन र एमबाप्पेलाई पनि सम्झौता नविकरण गर्दा नेयमारकै हाराहारीमा दिनुपर्ने हुनसक्छ ।’
पिएसजीले मेस्सीलाई लिएको खण्डमा झन्डै १ सय ५० मिलियन युरो तीन खेलाडीका लागि खर्च गर्नुपर्ने हुन्छ । उनले थपे, ‘हरेक वर्ष पारिश्रमिकमा त्यति ठूलो रकम । आर्थिक हिसाबले त्यो असम्भव जस्तै देखिन्छ । तर पनि उनीहरु प्रयास गर्ने पक्षमा देखिन्छन् । तर मलाई लाग्छ त्यो वास्तविकता लाग्दैन ।’
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]