8 years ago
September 25, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एरिक बिष्टले खेलको अन्तिम समयमा फ्रिकिक छिराएपछि बाँसबारी क्लबले न्यु रोड टिम (एन आर टि)लाइ ३-२ले हराएको छ।
खेलमा विवेक गुरुङको दोश्रो मिनेटको गोलले अग्रता लिएको बाँसबारीले हाफ सकिनु अघि पछाडी परेको थियो। सुशील लामाले ३७औं र बिरेन्द्र थापाले ३८औं मिनेटमा गोल गरेपछि एन आर टि अघि बढेको थियो। तर, बाँसबारीले खेलको ८८औं मिनेटमा सिखरको गोलको मद्दतले खेल बराबरीमा ल्यायो। राजकुमार घिसिङ्गले खेलको अन्तिम समयमा बक्स अगाडी फल हानेपछि पाएको फ्रिकिकमा एरिकले गोल गरेका थिए। घिसिङ्ग दोहोरो पहेंलो कार्ड पाउँदै खेलबाट निष्काशित पनि हुन पुगे।
दिनको अर्को खेलमा सामाजिक र श्री कुमारीले १-१को बराबरी खेले। खेलको ७८औं मिनेटमा भुवन बस्नेतको गोलले अग्रता लिएको सामाजिकले अन्तिम समयमा प्रज्वोल थापा मगरले उत्कृष्ट गोल फर्काएपछि बराबरीमा चित्त बुझाउनु परेको थियो।
दिनको तेश्रो खेलमा भने रानीपोखरी कर्नर टिम (आरसिटी)ले डिभाइन ब्वाइज युनियन क्लबलाई ३-०ले पराजित गर्यो। आरसिटीका लागि बिके तामाङ्गले दुइ र शेखर लिम्बुले एक गोल गरे।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]