default_image

10 years ago

September 8, 2015

५० क्याप पुरा गरेका विराज जिम्मेवारी बढेको अनुभुति गर्दैछन्

145 views

0 Bookmark

 २००८ मा पाकिस्तान विरुद्ध मैत्रिपुर्ण खेलमा डेब्यु गरेता विराजले जम्मा एक खेलमा मात्र मैदानबाहिर बसेका छन्|
बिराज महर्जन

बिराज महर्जन

गतसाता पुणेमा भारतसंगको मैत्रिपुर्ण खेलमा ५०औं क्याप जितेका विराज समयसंगै जिम्मेवारी पनि बढ्दै गएको अनुभव रहेको बताउँछन्|
“आफु राष्ट्रिय टिममा पर्दा निकै डर लाग्थ्यो, गल्ती हुने हो कि भन्ने डरले खेल नै फरक हुन्थ्यो| तर समयसंगै निकै परिपक्व भएको अनुभव गरेको छु, अहिले त राष्ट्रिय टोलीमा आफुभन्दा पछिका खेलाडी भएकाले जिम्मेवारी झन् बढेको अनुभव गर्दैछु|” विराजले भने|
विराजले थपे, ‘राष्ट्रका लागि एक खेल खेल्न पाउनु ठुलो कुरा हो, पचास चोटि राष्ट्रको शान बोकेर मैदानमा लड्न पाउनु गौरवको विषय हो|’
५०औं क्याप पुग्दाको क्षणलाई विराजले यसरी पोखे: “सुरुमा त केहि लागेको थिएन, तर खेल पछि मैले सम्पुर्ण खेलाडी साथि लगाएत कोचहरु र म्यानेजरलाई व्यक्तिगत रुपमै धन्यवाद दिएँ| खेल सकिएपछि आफन्तजन, साथिहरु र दर्शकहरुबाट पनि धेरै बधाई पाएँ| सबैलाई पुन: एकपटक धन्यवाद दिन चाहन्छु|”
भारत विरुद्धको खेल उदृत गर्दै विराजले भने ‘सुरुमा दवावमा खेल्नुपरे पनि समय वितेसंगै क्रमश हाम्रो खेल पनि सुधारियो, खेलाडी परिवर्तन पश्चात खेल पनि परिवर्तन भयो र दवाव हराउँदै गयो|”
अहिले मनागं मर्स्याङ्दि क्लबबाट व्यवसायिक फुटबल खेल्दै गरेका विराज यसअघि थ्रि स्टार, एन्.आर.टि लगाएतका क्लबबाट खेलिसकेका छन्|

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.