8 years ago
September 25, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले आगामी कार्तिक ८ गते हुने एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आज दिउसो अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटोमा शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन्। शेर्पासंगै उपाध्यक्ष पदको लागि दिपक खातीले उम्मेदवारी दर्ता गरेका छन्। दुवै उम्मेदवारले आफु जित्नेमा विश्वोस्त रहेको र कार्तिक ८ले नेपाली फुटबलको नयाँ दिनको सुरुवात गर्ने बताए।
उम्मेदवारी दिने आज अन्तिम दिनसम्म अध्यक्ष पदको लागि दुइ र उपाध्यक्ष पदको लागि तिन जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कर्मा छिरिङ्ग शेर्पाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा उपेन्द्र मान् सिंह, मणि कुँवर र दिपक खति भिड्दैछन्।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]