default_image

8 years ago

September 25, 2016

बोर्डोलोई ट्रफीमा थ्री स्टार र भारतिय आइ लिगको शिलोङ लाजोङ भिड्दै

105 views

0 Bookmark

भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्तर्गत आज नेपालको रुस्लान थ्री स्टार क्लब र भारतको आइ लिगको शिलोङ लाजोङ भिडदै छन । दुइ खेलमा १ जित र १ ड्र सहित थ्री स्टार समुहमा ४ अंक सहित पहिलो स्थानमा छ ।

Three Star

फ्लामिङ्को सँग ६-१ को सहज नतिका निकालेको थ्री स्टार दोस्रो खेलमा आयल इन्डिया सङ ९० मिनेटमा गोल गर्दै १-१ को बराबर गर्न सफल भएको हो ।

शिलोङ लाजोङ पनि २ खेलमा १ जित र १ बराबर सहित ४ अंक जोड्न सफल भएको छ । आयल इन्डिया सङ १ बराबर र फ्लामिङो सङ ५-० को नतिजामा शिलोङले ४ अंक भेला पारेको हो ।

खेल गुवाहाटीको नेहरु स्टेडियममा स्थानिय समय अनुसार साझ ७ बजे सूरु हुनेछ । चोटका कारण प्रकाश बुढाथोकी र अघिल्लो खेलमा रातो कार्ड ब्यहोरेका विजय धिमाल आईतबारको खेलमा उपलब्ध हुने छैनन ।

जित सहित थ्री स्टारको लक्ष्य समुह बिजेता हुने भएपनि, थ्री स्टार ड्र खेले र आयल इन्डियाले जिते , शिलोङ र आयल इन्डिया बिच दोस्रो चरणमा प्रवेश गर्न गोल भिन्नतको अधारमा प्रतिस्पर्धा हुनेछ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.