default_image

8 years ago

September 23, 2016

अन्तिम समयमा गोल गर्दै थ्री स्टार आयल इन्डियासङ बराबर गर्न सफल

94 views

0 Bookmark

बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ ।

Three Star

पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको बिजय धिमालले ४२ मिनेटमा अर्को पहेलो कार्ड पाएपछी थ्री स्टार १० खेलाडिमा सिमित भएको थियो ।

आफ्नो पहिलो खेलमा शिलोङ लाजोङसङ १-१ को बराबरी खेलेको आयल इन्डिया बिजय गुरुङको ९० औ मिनेटको गोल पछी दोस्रो पटक अंक बाढ्न बाध्य भयो ।

शिलोङ लाजोङले भने फ्लामिङोलाई ५-० ले हराएको थियो । २ खेलमा ४ अंक बटुलेको थ्री स्टार समुहमा शिर्शस्थानमा छ ।  । थ्री स्टारको अर्को खेल आइतबार शिलोङ लाजोङ सङ हुनेछ ।

स्थान टिम खेल जित D हार गोल गरेको खाएको भिन्नता अंक
1 Nepal थ्री स्टार 0 +५
2 India शिलोङ लाजोङ 0 +५
3 India आयल इन्डिया 0 0 0
4 India फ्लामिङो 0 0 ११ −१0 0

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.