8 years ago
September 23, 2016
हाम्रोखेलकुद, काठमाडौं
अखिल नेपाल फूटबल संघको रिक्त रहेको अध्यक्ष्य पदको लागि एन्फाका कार्यबाहक अध्यक्ष्य नरेन श्रेष्ठ र उपाध्यक्ष्य लागि मणी कुँवर र उपेन्द्र मान सिंहले मनोनयन दर्ता गरेका छन ।
केहि साता अगि मात्र अध्यक्ष्य लागी उठ्ने घोषणा गरेका टासी घलेले भने पत्रकार सम्मेलन गर्दै आफु नउठ्ने जनकारी गराए । अध्यक्ष्य गणेश थापालाई एएफसीले बर्खास्त गरेपछी अध्यक्ष्यको पद खाली छ भने बरिष्ठ उपाध्यक्ष्यको पद ललित कृष्ण श्रेष्ठको देहान्त भएपछी खाली रहेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]