8 years ago
September 23, 2016
वाहाटी, असोज ७ । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले सेमिफाईनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ । थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो निकाल्दै सेमिफाईनल पुग्नेमा ढुक्क छन् । खेल गुवाहाटीको नेहरु स्टेडियममा साँझ ७ बजे सूरु हुनेछ । ओयल इन्डियाले लिग चरणको पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।
‘ओयल इन्डियाको पहिलो खेल हेर्दा हामीले चिन्ता लिनुपर्ने अवस्था छैन् । खेलाडीले योजना अनुसार मेहनतका साथ खेले हामी सेमिफाईनल पुग्छौ ।’ उनले भने । थ्रीस्टारलाई चोट ग्रस्ट खेलाडीले सताएको छ । पहिलो खेलमा फरवार्डद्धय विमल घर्तिमगर र मार्टिनले चोट बोकेका थिए । यद्धपी दुवै खलाडीले बिहिबार सामुहिक अभ्यास गरे । मिडफिल्डर प्रकाश बुढाथोकी चोटका कारण ओयल इन्डियाविरुद्धको खेल गुमाउने पक्का छ ।
मुख्य प्रशिक्षक केसीले भने, ‘विमल र मार्टिनको चोट सामान्य देखिएको छ, शुक्रबार सम्म हेरेर थप निर्णय गरिनेछ ।’ क्लबको बेन्च बलियो भएकाले खेलाडीको चोटले शुक्रबारको खेलमा केही फरक नपार्ने केसीको भनाई छ । उनले भने ‘हामी समूह बिजेताको रुपमा सेमिफाईनल पुुग्ने प्रयास गर्नेछौ, थ्रीस्टारले आफ्नो स्वभाविक खेल पस्कनेछ, पहिलो खेलको लयलाई दोस्रो खेलमा पनि कायम राख्नेछ । प्रतिद्वन्दी क्लबमा बारेमा आफु धेरै जानकार नभएकाले खेलका दौरान रणनीति परिवर्तन गरेर जित निकाल्ने उनको भनाई छ ।
स्रोत: एनएसजिएफ
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]