4 years ago
December 28, 2020
एजेन्सी – ब्राजिलियन क्लब सान्तोसले प्रेस विज्ञप्ति जारि गर्दै बार्सिलोना फरवार्ड मेस्सीले अझैपनि दिग्गज फरवार्ड पेलेको गोलसंख्या नउछिनेको दावी गरेको छ ।
गत साता मेस्सीले भालाडोलिडविरुद्ध बार्सिलोनाका लागि ६ सय ४४ औं गोल गर्दै विश्व फुटबलमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका थिए । सामान्यतया आधिकारिक प्रतियोगितामा गरेका गोल मात्र गणना गर्ने चलन रहेको छ । तर ब्राजिलियन क्लब सान्तोसले भने पेलेले मैत्रीपूर्ण खेलमा गरेको गोल पनि गणना हुनुपर्ने भन्दै मेस्सी अझै पेलेभन्दा पछि रहेको दावी गरेको छ ।
सान्तोसले लेखेको विज्ञप्ति यसप्रकार छ :
‘पछिल्लो समय चर्चामा रहेको तथ्यांकअनुसार अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले क्याटलान क्लबका लागि ६ सय ४४ गोल गरेका छन् । उक्त गोल संख्या मैत्रीपूर्ण खेलको गोल मान्य नहुँदाको तथ्यांक हो जसलाई केहिले आधिकारिक गोल संख्या पनि भन्दै आएका छन् ।’
‘तर पेलेले सान्तोसको जर्सीमा १ हजार ९१ गोल गरेका थिए । त्यसबेलाको पत्रिकाहरुमा लेखिएअनुसार पेलेए प्रतियोगितामा ६ सय ४३ गोल तथा मैत्रीपूर्ण खेलहरुमा ४ सय ४८ गोल गरेका थिए । तर मैत्रीपूर्ण खेलमा गरेका गोललाई भने बेवास्ता गरिएको छ ।
पेलेले गरेका ४ सय ४८ गोललाई मान्यता नदिनु उचित निर्णय होइन । उनले यीमध्य केहि गोल युरोपका ठूला टोलीविरुद्ध पनि गरेका छन् । मेक्सिकोको क्लब अमेरिका र चिलीको कोलो कोलोविरुद्ध पेलेले ९-९ गोल गरेका छन् । सन् १९६० मा युरोपमा चर्चित रहेको इन्टर मिलानविरुद्ध ८ गोल तथा रिभर प्लेट, बोका जुनिअर्स, रियल म्याड्रिड, युभेन्ट्स, लाजियो, नेपोली, बेन्फिका र आन्द्रेलेक्टविरुद्ध पनि पेलेले गोल गर्न सफल भएका छन् । पेलेले मेस्सी हाल खेलिरहेको बार्सिलोनाविरुद्ध पनि ४ खेलमा ४ गोल गरेका थिए ।
‘तथ्यांक राख्ने हरुके ४ सय ४८ गोललाई कमजोर टोलीविरुद्ध खेलेको भनेपनि हामीले आधिकारिक जर्सीमा नियम मानेर नै ति खेल खेलेका थियौं । प्रत्यक खेल खेल्दा सम्बन्धि क्षेत्रीय अथवा राष्ट्रिय संघसँग समन्वय गरेका थियौं । कमजोर टोलीविरुद्ध गरेको गोल मान्य नहुने भन्ने तर्क सहि छैन । त्यसैले यो गोलसंख्या पनि जोडिनु पर्छ ।’
त्यसैले अब सान्तोसको दावीलाई मान्ने हो भने मेस्सीले अझै पेलेको कीर्तिमान तोड्न निकै मिहिनेत गर्नुपर्छ । तपाईंको विचारमा पेलेको गोल मान्य हुनुपर्छ त ?
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साहित्यकार क्षेत्रप्रताप अधिकारी स्मृति दिवसमा नेपाली राष्ट्रिय महिला टिमकी सशक्त मिडफिल्डर रेनुका नगरकोटी युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सम्मानित भएकी छन् । एनसीएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरूकुल एजुकेशन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिल भक्त माथेमा र गुरूकुल एजुकेशन फाउन्डेसनका कोषाध्यक्ष अमन प्रताप अधिकारीले सम्मान गरे […]
April 7, 2025
सुनिल गाउँले,सिमरा मच्छिन्द्र फुटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिसलाई आइतवार राति भएको खेलमा टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गर्यो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । प्लेयर अफ दि म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम पेनाल्टीलाई रोकेपछि मच्छिन्द्र ४–३ ले विजयी भयो। निर्धारित समयको […]
April 7, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतवार गोलरहित बराबरी खेले। पहिलो हाफमा दुवै टोली प्रभावकारी देखिएन। दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे। सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन्। यो बराबरीले रुबेन आमोरिमको युनाइटेडले यो साता […]