9 years ago
September 22, 2016
इङ्लिश फुटबल लिगमा म्यान्चेस्टर युनाइटेडले नोर्थह्याम्टन टाउन सङ ३-१जितको नतिजा निकाल्न सफल भएको छ । १८ बर्षिय मार्कस रास्फर्डको गोल र असिस्टमा युनाइटेडले नोर्थह्याम्टन बिरुद्ध ३-१ को जित निकालेको हो ।
युनाइटेडको जितमा माइकल क्यारिक , हरेरा र रास्फर्ड सबैले एक एक गोल गरे । यसघी नोर्थह्याम्टनले ड्यानी ब्लिण्डले आफ्नो डि बक्समा गरेको फलमा पाएको पेनाल्टी सदुपयोग गर्दै क्यारिकको गोल बराबर गरेको थियो ।
अर्को खेलमा म्यान्चेस्टर सिटीले स्वान्सीसङ २-१ को जित निकाल्यो । क्लिची र एलिक्स गार्सियाको गोलमा २ गोलको अग्रता लिएको सिटी ९० मिनेटको स्वान्सी मिड्फिल्डर सिगुड्सनको गोलमा २-१ को अन्तिम नतिजा निकाल्न सफल भयो ।
अन्य खेलहरुमा टोटेन्ह्यामले एरिक्सनको दुइ गोलामा गिलिङ्हाम बिरुद्ध ५-० को सहज जित दर्ता गर्न सफल भयो । त्यस्तै सन्डरल्यान्डले क्युन्स पार्क्स रेन्जर्स , साउथह्याम्टनले क्रीस्टल प्यालेस , वेस्ट ह्यामले एक्रीङ्टन इस्ट्यान्ली र हल सिटिले स्टोक सिटिलाई हराए ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]