8 years ago
September 21, 2016
हाम्रो खेलकुद – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत भोली बढुवा हुने होडमा रहेका रानीपोखरी कर्नर टिम (आरसीटि) र न्यु रोड टिम (एनआरटि) भिड्दै छन्।
गतसाल ‘ए’ बाट ‘बि’मा घटुवा भएका यी दुई टोलीलाई लिगको सुरुवातबाटै बढुवा हुने टोलीको रुपमा हेरिएको थियो। ए डिभिजनका खेलाडीको बाहुल्यता रहेको दुवै टोली जित आत्मसात गर्न आतुर छन्।
एनआरटिले १८ अंक जोडेको छ भने आरसिटी १६ अंक जोड्दै चौथो स्थानमा छ। लिगको शिर्ष स्थानमा श्री कुमारी २०अंक र च्यासल १९ अंक सहित दोश्रोमा रहेको छ।
आरसिटीले जित हात पार्न नसके बढुवा हुने लक्ष्य धमिलिने देखिन्छ। एनआरटि भने जितसंगै शिर्ष स्थानमा पुग्ने दाउमा हुनेछ।
खेल दिनको ३:३० बजे एन्फा कम्पलेक्स, सातदोबाटोमा हुनेछ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]