default_image

8 years ago

September 21, 2016

भिल्लारियललाई हराउँदै म्याड्रिड इतिहास रच्न आतुर

109 views

0 Bookmark

हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आज राति ११:४५ बजे हुने भिल्लारियल विरुद्धको खेलमा रियल म्याड्रिड विजय हासिल गरेर छुट्टै इतिहास रच्ने दाउमा छ।

Real Madrid CF v Sporting Clube de Portugal - UEFA Champions League

लिग अन्तर्गत पछिल्लो १६खेलमा विजय हासिल गरेको म्याड्रिडले आज विजयी भएमा नया इतिहास लेख्नेच। लिगमा १७खेल लगातार जित दर्ता गर्ने पहिलो टोलि हुने दाउमा रहेको म्याड्रिडलाइ थप उत्साह थपिएको छ। चोटका कारण पछिल्लो खेलमा अनुपस्थित रहेका स्टार खेलाडीहरु ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डो मैदानमा देखिनेछन्।

भिल्लारियलसंग घरेलु मैदानमा पछिल्लो १५ खेल अविजित रहेको म्याड्रिड जित संगै अंक तालिकामा थप बलियो स्थिति बनाउने दाउमा छ। उसको लागि मिडफिल्डर क्यसेमिरो घाइते छन् भने गोलकिपर नाभासपनि उपस्थित हुने छैनन्। उता भिल्लारियलको फरवार्ड रोबर्टो सोल्डाडो र सेद्रिक बकम्बु पनि अनुपस्थित रहनेछन।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.